भारत जानेहरुका लागि एनसेलको आकर्षक अफर, ल्यायो ‘अनलिमिटेड रोमिङ डाटा प्याक’
काठमाडौं, १० जेठ । एनसेल प्रालिले भारत भ्रमणमा जानेहरुका लागि ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ ।
यो प्याक अन्तर्गत एनसेलका ग्राहकले भारतमा रहँदा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत कुराकानी गर्न सक्नेछन् ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक १०० (रु १२७.६९ कर सहित) रुपैयाँ मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । सेवाक लागि भारत जानु अघि वा पुगेपछि ८१७१२९३ डायल गरेर निर्देशन पालना गर्नुपर्ने हुन्छ।
एक पटक यो प्याक शुरु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुने र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्ने कम्पनीले जनाएको छ ।
भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार–व्यवसायमा तथा तीर्थयात्रामा जाने भएकाले यो योजनाले ग्राहकलाई आफ्ना परिवारका सदस्य, साथीभाइसँग सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ ।