कवि तथा पत्रकार सङ्गीत श्रोता पक्राउ


११ असार २०७६, बुधबार
Sangeet Srota.

काठमाडौं, ११ असार :  नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार एंव कवि सङ्गीत श्रोता पक्राउ परेका छन् ।

प्रहरीले बुधबार दिउँसो दिउँसो प्रदर्शनीमार्गबाट पत्रकार तथा कवि सङ्गीत श्रोतालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रर्दशनीमार्ग स्थित आरआर क्याम्पस अगाडि हिडिरहेको बेला काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले कवि तथा पत्रकार सङ्गीत श्रोतालाई पनि नियन्त्रणमा लिएको हो ।

उनलाई किन पक्राउ गरिएको हो ? त्यो भने खुलाइएको छैन । पत्रकार दिपक सापकोटाका अनुसार उनलाई सिंहदरबार प्रहरी वृत्त राखिएको छ ।

बुधबार नै प्रहरीले अर्का कवि रसुवाली कविलाई पनि पक्राउ गरेको छ । गत २ वैशाखमा पनि उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । उनलाई प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७