गलत सूचना प्रवाह भएको भन्दै हङकङमा सामाजिक सञ्जालका अकाउण्ट बन्द


३ भाद्र २०७६, मंगलवार
hongkong

हङकङ, ३ भदौं । हङकङमा जारी सरकारविरोधी आन्दोलनबारे गलत सूचना प्रवाह गरेको आशंकामा फेसबुक र ट्वीटरले सयौं अकाउण्ट बन्द गरिदिएको छ ।

आन्दोलनकारीलाई भ्रममा पार्न चीन सरकार निटक स्रोतहरुले अफवाह फैलाएको भन्दै त्यस्ता अकाउण्ट बन्द गरिएको फेसबुक र ट्वीटरले जनाएका छन् । ट्वीटरले चीनबाट सञ्चालित सयौं अकाउण्टमा हङकङ आन्दोलनबारे गलत सूचना प्रवाह गरेको प्रमाण भेटेको भन्दै ९ सय ३६ वटा अकाउण्ट बन्द गरिदिएको हो ।

ट्वीटरको यो कदमपछि फेसबुकले पनि त्यसबारे छानबिन गरेको जनाएको छ । फेसबुकले सात वटा पेज, तीन वटा फेसबुक च्याट समूह र पाँच वटा अकाउण्ट बन्द गरेको बिबिसीले जनाएको छ ।
आन्दोलन मत्थर पार्न चिनियाँ स्रोतहरुले सामाजिक सञ्जाललाई गुमराहमा राख्न खोजेको निष्कर्ष ट्वीटर र फेसबुकले निकालेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७