प्रतिभा राईले जितिन् मिस टिन २०१९को ताज


८ भाद्र २०७६, आईतवार
miss teen

काठमाडौं, ८ भदौ । मिस टिन अफ दि इयर २०१९ को ताज प्रतिभा राईले जितेकी छिन् ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–७ देउसाकी प्रतिभा (रानी) राई अन्तिम ६ प्रतिष्पर्धीलाई पछि पार्दे ताज जितेकी हुन् ।

रिबन इन्टरटेन्टमेन्टले आयोजना गरेको यस प्रतियोगिताको फाइनल चरणमा रहेका उनीसहित सात जनामध्ये ‘मोष्ट युट्युब भ्यूज’ र ‘मिस ट्यालेण्ट’को उपाधी समेत प्रतिभाले जितिन् ।

त्यस्तै ‘पब्लिक च्वाइस विनर’ बनेकी नेहा धितालले ‘मोस्ट पपुलर’ र ‘मोस्ट फोटो जेनिक’ सहित ‘फस्ट रनर अप’ भइन् । भने श्रीबिना राईले ‘फेसबुक च्वाइस’ सहित सेकेण्ड रनर अप बन्न सफल भइन् ।

यसैगरी वेस्ट स्माइल प्राश्ना राई, वेस्ट हेयर नेहा खातुन, वेस्ट डान्स सलिना राईले अवार्ड हात पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७