नेकपा बैठकमा ओलीको ब्रिफिङ : ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’


२६ भाद्र २०७६, बिहीबार

काठमाडौं, २६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सि चिनफिङले चाँँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् ।

नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्ष् ासमेत रहेको प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्व तयारीका रुपमा रहेको संकेत नेताहरुलाई दिएका छन् ।

नेकपाका एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गढबढ नभए अक्टोबरमै हुने सम्भावना छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७