राष्ट्रपति भण्डारी आज म्यानमार प्रस्थान गर्दै


२९ आश्विन २०७६, बुधबार
bidhyadevi

काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गर्दैछिन् ।

म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उनी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार बिहान साढे १० बजे म्यानमार प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार राजकीय भ्रमणमा जाने राष्ट्रपति भण्डारीले म्यानमारमा समकक्षी मिन्टसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ । उनले पिङ ओ लिङमा रहेका नेपालीभाषीसँग पनि भेट्ने कार्यक्रम छ ।

उनले बगानमा युनेस्को विश्वसम्पदा क्षेत्र, पूर्व राजधानी शहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्वका ठाउँका पनि भ्रमण गर्ने तयारी छ । राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान पनि जाने तयारी छ ।

जापानका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा पनि राष्ट्रपति भण्डारी उपस्थित हुनेछिन् । म्यानमार र जापानको भ्रमण सकेर राष्ट्रपति भण्डारी आउँदो ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७