तोडफोड गर्ने सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद


२९ आश्विन २०७६, बुधबार
sansad Pramod

काठमाडौं, २८ असोज । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिएका छन् ।

म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्याङ्कन गर्ने बताएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र १ बाट राजपा सांसद साहमाथि जनकपुरबाट काठमाडौं जहाज उडान ढिला गरेको आक्रोशमा जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोप लागेको छ । उनलाई प्रहरीले मंगलबार काठमाडौं विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७