कति निर्दयी श्रीमान ! उम्लिरहेको तेलमा श्रीमतीको अनुहार डुबाई दिएर फरार


१८ कार्तिक २०७६, सोमबार
tel

सिन्धुली, १८ कार्तिक । मान्छे पशु बन्यो भने कतिसम्म निर्दयी काम गर्न सक्छ भन्ने कुराको उदाहरण सिन्धुलीका एक युवा बनेका छन् ।

दुधौली नगरपालिका–४ एकहटिया निवासी ३५ वर्षीय रितु सदा (मुसहर) ले ३२ वर्षीया श्रीमती आशा सदाको अनुहार उम्लिरहेको तेलमा डुबाएर गम्भीर घाइते बनाएर फरार भएका छन् ।

सामान्य घरायसी विवादमा रितुले शनिबार राति श्रीमतीको अनुहार माछा तारिरहेको तेलमा डुबाई दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाइते महिलाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि आइतबार नै थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको र यहाँ पनि राम्रो उपचार नहुने भएपछि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

घटनापछि उनका श्रीमान रितु फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । महिलाको आर्थिक अवस्था निकै कमजोर रहेकाले काठमाडौसम्म जाने र टिचिङ हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था मिलाएर पठाएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले बताए ।

शनिबार बेलुका रितु र आशाबीच घरायसी विवाद हुँदा झगडा भएको थियो । झगडाले उग्ररुप लिँदा रितुले श्रीमतीमाथि कुटपिट गरी माछा तार्न उमालिरहेको तेलमा अनुहार डुबाई दिएको आशाकी आमा मंगली सदाले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७