तीन दशकपछि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा (फोटो फिचर)


२६ कार्तिक २०७६, मंगलवार
hamid 1

काठमाडौं, २६ कार्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । दुई देशबीच द्विपक्षीय व्यापार शुरुआत भएको २३ वर्ष भइसकेको छ । तर, नेपालले व्यापार सन्तुलन भने गुमाउँदै गएको छ । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवर्धन हुने बताइएको छ ।

नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका अनुसार बंगलादेशका राष्ट्रपति नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
हेर्नुस् तस्विरहरु

hamid 1 1
hamid 2
mamid 3
hamid 4
hamid 5
hamid 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७