नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण (फाेटाेफिचर)


१६ मंसिर २०७६, सोमबार
निर्मला तामाङ सरु कार्की र रञ्जिता मल्ल karatee 1

काठमाडौं, १६ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित कराँते हल भइरहेको खेलमा निर्मला तामाङ, सरु कार्की र संगिता मगरको टिमले नेपाललाई स्वर्ण दिलाएको हो ।

फाइनलमा नेपालले २४.८१ अंक ल्यायो भने पाकिस्तानले २३.३ ल्याएको थियो। त्यसअघि समूह चरणमा नेपाली टिमले २४.७४ अंक ल्याएर फाइनलमा स्थान बनाएको थियो। पाकिस्तानी टिमले २५.१४ अंकका साथ स्वर्णका लागि भेट पक्का गरेको थियो।

यसअघि पुरुष व्यक्तिगत कातामा नेपाललाई मण्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। भने महिला एकल कातामा चञ्चला दनुवारले रजत जिताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७