२०७६ मंसिर २३ गते सोमबारको तपाईको राशिफल


२३ मंसिर २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पाईने छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अतिथिका रूपमा सम्मान पाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउन ेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज तीर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने छ । नियमित खर्च समेत बढ्ने योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिवारजनको साथले नयाँ आशा पलाउने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । पारिवारिक सहयोग मिल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७