नेपालले थप्यो अर्को गाेल, भुटानविरुद्ध नेपालको २–१ को अग्रता
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अको गोल थप्दै अग्रता लिएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको शुरुमा नै नेपालले गोलको संख्या थपेको हो । नेपालका लागि दोस्रो गोल सुनील बलले गरेका हुन् ।