भट्टराई सूर्य चिन्हमा प्रदेश र प्रतिनिधिसभाको चुनाव लड्ने
काठमाडौं : नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि एमालेका चुनाव चिन्ह सूर्यमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएको छ । एमाले र माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकता गर्ने सहमतिमा भए सँगै भट्टराई पनि सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।
मङ्गलवार ललितपुरस्थीत मानभवनमा एमालेमा-ओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । बैठक लगतै एमाले अध्यक्ष ओली र नयाँ शक्ति संयोजक भट्टराईबीच कुराकानी भएको थियो । त्यस पछि भट्टराईले पनि सूर्य चिन्हमा चुनाव लड्ने बताएका छन् ।