उपेन्द्र यादव नफर्कदै पार्टी विभाजनको मुखमा : अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने


२३ बैशाख २०८१, आईतवार
jasapa

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल बन्ने भएको हो ।

नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । विभाजनको पक्षमा आठ सांसद तयार रहेको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । त्यसका लागि सकेसम्म आजै निर्वाचन आयोगमा निवेदन दिने तयारी छ ।

विश्वस्त स्रोतका अनुसार सांसदहरू अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर लगायत विद्रोहको तयारीमा छन् । जसपा अध्यक्ष यादव अहिले अमेरिकामा छन् । संघमा सत्ता साझेदार जसपाका १२ सांसद छन् । त्यसमध्ये ७ सांसदले दल विभाजन गर्न लागेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७