राजेन्द्र लिङदेनको आरोप : प्रचण्ड विदेशीको दबाबमा सत्ता समीकरण परिवर्तन गर्दै हिँड्छन्

‘ठूला दलहरुको काम सत्तामा जाने, देश लुट्ने र कारवाहीबाट जोगिने मात्रै हो’


२३ बैशाख २०८१, आईतवार
Rajendra lingden
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशीहरुको दवावमा सत्ता समिकरण परिवर्तन गर्दै हिंडेको आरोप लगाएका छन् ।

पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आइतवार काठमाडौंमा आयोजना गरेको महिला भेलामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डको प्राथमिकता सत्ता मात्रै रहेको जिकिर पनि गरे । सत्तामा जाने, देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरुले गरिरहेको उनको भनाई थियो ।

अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरुबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्रै इमान्दार भएर पहल गरिरहेको दाबी गरे । उनले मुलुकले लुटाहातन्त्रलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७