एमसीसी कार्यदलले बुझायो प्रतिवेदन


९ फाल्गुन २०७६, शुक्रबार
mcc 1

काठमाडौं, ९ फागुन । मिलेनियम च्यालेन्ज कम्प्याट (एमसीसी) को बारेमा अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका तर्फबाट अध्यक्ष झलनाथ खनालले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद उत्पन्न भएपछि त्यस विषयमा अध्ययन गर्न खनालको अध्यक्षतामा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । नेकपाको माघ १५–१९ सम्म राजधानीमा बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले एमसीसीबारे अध्ययन गर्न सो कार्यदल गठन गरेको हो ।

कार्यदलमा स्थायी कमिटीका सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका थिए । प्रतिवेदन बुझाउने समयमा सदस्यद्वय पनि उपस्थित थिए । कार्यदलले प्रतिवेदन बुझाइए पनि के सुझावका विषयमा कुनै कुरा खुलाइएको छैन । प्रतिवेदनलेमा सुमेटिएका सुझावहरुबारे पार्टीको वैठक वसेर आवश्यक धारणा सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७