६ महिनादेखि छोरीमाथि बलात्कार !
डडेलधुरा, १२ फागुन । आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई कारागार चलान गरिएको छ ।
माघ २० गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका गन्यापधुराका एक जनालाई जिल्ला अदालत डडेल्धुराले पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
आफ्नै १६ वर्षीया छोरीलाई डरधाक देखाइ ६ महिनादेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा ती बाबुलाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
विगत ६ महिनादेखि जबरजस्ती करणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो ।