एसीसी इस्टर्न रिजन क्रिकेटमा नेपालको लगातार खराब प्रर्दशन, हङकङसँग पनि पराजित


१८ फाल्गुन २०७६, आईतवार
Nepal vs hongkong 1

काठमाडौं, १८ फागुन । एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्होरेको छ । थाइल्याण्डमा भइरहेको प्रतियोगिताकाे दाेस्राे खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित हुँदै लगातार दोस्रो हार ब्होरेको हो । पहिलो खेलमा नेपाल मलेसियासँग २२ रनले एक दशक पछि पराजित भएको थियो ।


यो हारपछि नेपालको शिर्ष दुईमा रहने संभावना निकै कमजोर बनेको छ । विश्व बरियतामा आफु भन्दा ११ स्थान तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो । अब नेपाल अघिल्लो चरणमा प्रवेश गर्न दुबै खेल फराकिलो अन्तरले जित्नुको साथै विपक्षीको नतिजा पनि नाटकीय रुपमा आफू अनुकुल आउनुपर्छ ।


जितमा लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा अल आउट हुँदै १ सय ११ रनमा समेटियो । नेपालमा ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएपनि त्यसपछि निरन्तर विकेट गुम्दा नेपालले खराब प्रर्दशन गरि रहेको छ ।

कुशल हारुन अरशदको पाँचौ ओभरको चौथो बलमा ठूलो सट खेल्नेक्रममा निजाकत खानबाट क्याच आउट हुनुअघि १४ बलमा ३ चौका सहित १९ रन जोडे । पारस खड्कालाई एहसान खानले आठौं ओभरको पाँचौ बलमा ४ रनमा एलबिडब्लू आउट गरे । एहसान खानको नवौं औं ओभरको पाँचौ बलमा खराब सट खेल्दै दीपेन्द्र सिंह ऐरी ८ बलमा ५ रन जोड्दै विकेटकिपर स्कर्ट स्टेपनबाट क्याच आउट भए । अफ्ताब हुसेनको ११ औं ओभरको अन्तिम बलमा पवन सरार्फ ठूलो सट खेल्नेक्रममा जेम्स जोहनबाट १ रनमा क्याच आउट भए ।

विनोद भण्डारी पनि खराब सट खेल्दै ५ रनमा आउट भएपछि नेपाल संकटमा परेको थियो । ज्ञानेन्द्र मल्ल १५ औं ओभरको तेस्रो बलमा ४६ रनमा स्टम्पिङ आउटभएसँगै नेपालको जितको सम्भावना सकिएको थियो । ज्ञानेन्द्रले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अभिनाश १२, आरिफ शेख १० र करण केसी ७ रनमा आउट भए ।

हङकङका अफ्ताब हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । हारुन मोहम्मद अशरदले ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि थाईल्यान्डको बैंककमा रहेको टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङकले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।


हङकङले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाव कायम गरेको थियो । ७.५ औं ओभरमा नेपालका लागि स्पिनर सुशन भारीले पहिलो सफलता दिलाएका थिए । उनले साहिद ओसिफलाई आउट गरे । ओसिफ २३ बलमा २६ रन बनाएर पभेलियन फर्किए ।

दोस्रो विकेटको रुपमा सुशनले दशौं ओभरका निजत खानलाई आउट गरे । उनी अर्धशतक नजिक (४८) मा पुगेका बेला कुशल मल्लको हातबाट क्याच आउट गराउँदै पभेलियनको बाटो देखाए ।
११ औं ओभरमा नेपालका सन्दीपले तेस्रो सफलता दिलाए ।

सन्दीपले हङकङको स्कोर ८५ रन हुँदा किनचित साहलाई सून्य रनमै पभेलियन पठाए । हङकङको ११० रन हुँदा नेपाललाई कुशल मल्लले चौथो सफलता दिलाए । उनले १४ औं ओभरमा हारुन मोहम्मद अर्सदलाई आउट गरेका हुन् । उनी २७ रन बनाएर पभेलियन फर्किएका छन् ।


पाँचौं सफलता सन्दीपले दिलाए । आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दीपले जेम्स जोनलाई आउट गरे । नेपालले छैटौं सफलता रन आउट मार्फत हात पारेको हो । दीपेन्द्रसिंह ऐरीले मोहम्मद ऐजज खानलाई रन आउट गरेका थिए । खानले २९ रन जोडे ।


नेपालका लागि स्पिनर सुशन भारीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सर्वाधिक महँगा सावित बनेका करण केसीले ३ ओभरमा ३३ रन खर्चिए । अभिनाश बोहरा ४ ओभरमा २४ रन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७