आयल निगमको कर्मचारी संघको अध्यक्षमा गोपालचन्द्र राई निर्विरोध निर्वाचित


२४ फाल्गुन २०७६, शनिबार
gopal chandra rai 1

काठमाडौं, २४ फागुन । नेपाल आयल निगम कर्मचारी संघ (अधिकारीक ट्रेड यूनियन)को अध्यक्षमा गोपालचन्द्र राई  निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार सकिएको एकताको आठौं अधिवेशनबाट राई सर्वसहमत अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशन शुरु भएकै दिन राई सर्वसहमत भएका हुन् ।

gopal chandra rai

निर्विरोध भएसँगै शुक्रबार नै प्रमाणपत्र समेत प्रदान गरिएको छ । तत्कालीन एमालेर माओवादी एकीकरण भएपछि पहिलो पटक अधिवेशन भएको हो ।

निगमका सम्पूर्ण कर्मचारीहरु एक होऔं भन्ने मूल नाराका साथ तय भएको महाधिवेशन दुई संगठनहरु बीचको एकतापछिको पहिलो महाधिवेशन पनि हो ।

अध्यक्षमा निर्वाचित भएपछि राईले निविरोध निर्वाचित गरेकोमा सबैलाई बधाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७