पर्यटनमन्त्री भट्टराईको ‘एक्सन’पछि वायुसेवा सञ्चालकहरुले घटायो भाडाको अधिकतम् सीमा


९ चैत्र २०७६, आईतवार
Yogesh Bhattarai 3

काठमाडौं, ९ चैत :  संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रह लगत्तै वायुसेवा सञ्चालकहरुले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासो बढेपछि मन्त्री भट्टराईले शनिबार वायुसेवा सञ्चालकहरुलाई बोलाएर तत्काल भाडादर पुनर्विचार गर्न भने लगत्तै भाडा घटाइएको हो ।


मन्त्रीको आग्रह लगत्तै बुद्ध एयरले आइतबार सूचना प्रकाशन गरेर आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको जानकारी दिएको छ । आइतबार विज्ञप्ति जारी गरेर अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ ।

यसैगरी यति एयरलाइन्सले भाडा दर घटाएको छ । यतिले भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि निर्धारित टिकटको माथिल्लो दर घटाएको हो । यो दर लामो दूरीका सवारी साधन सञ्चालनमा नआएसम्मका लागि कायम रहने यतिले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वायु सेवा सञ्चालक संघ र जनताहरुको अनुरोधमा भाडा घटाएको यतिले जनाएको छ । श्री एयरलाइन्सले यसअघि नै भाडाको सीमा घटाइसकेको छ ।

Buddh air

सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरीसकेको छ । अब एकमात्र यात्रुका लागि घर फर्किने एकमात्रै माध्यम हवाई भएकोले भाडाको सीमा घटाइएको बुद्धले जनाएको छ ।

शनिबार मन्त्रालयमा वायुसेवा सञ्चालकहरुलाई बोलाएर मन्त्री भट्टाईले आन्तरिक ट्रंक रुटमा लिँदै आएको अधिकतम् सीमाका २ वटा ‘स्लयाव’ का हवाई भाडा हटाई सोभन्दा कमको भाडादरलाई अधिकतम् सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्ने अनुरोध गरेका थिए । हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर काम गर्नुपर्ने सामाजिक उत्तरदायित्वको बारेमा पनि सञ्चालकहरुलाई सम्झाएका थिए ।

Yeti air

शनिबार मन्त्रीको अनुरोधपछि आन्तरिक वायुसेवा सञ्चालकहरुले यात्रु बढेपछि अधिकतम् भाडा लिएको स्वीकार्दै भाडादर पुनर्विचार गर्न सहमति जनाएका थिए । मन्त्रीको अनुरोधलाई वायुसेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिएर सञ्चालकहरुले भाडा दर घटाउन सुरु गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७