कालोबजारिया अर्बपति अग्रवाल छुटाउन अन्य अर्बपतिको दौडधुप, प्रहरीलाई सास्ती
काठमाडौं, २६ चैत : जगदम्बा र शंकर समूहका सञ्चालक तथा उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) सुलभ अग्रवाल छुटाउन अन्य अर्बपति उद्योगीहरु सक्रिय भएका छन् ।
मंगलबार ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मीमिटर) कालोबजारी गर्ने क्रममा पक्राउ परेका अग्रवाललाई छुटाउन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड, नेपाल उद्योग परिसंघका पदाधिकारीहरु सक्रिय भएका हुन् ।
यद्यपि तिव्र दबाब र दौडधुपकोबीच पनि उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्यादथप गरेको छ । मंगलबार टेकुस्थित अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी बृत्तको हिरासतमा राखिएको थियो । उद्योगी व्यवसायीहरुले मंगलबार राती नै छुटाउन दौडधुप गरेका थिए । राज्यमन्त्री दुगड बुधबार बिहानै अग्रवालका बाबु शंकर गोल्यानलाई लिएर बिभिन्न शक्तिकेन्द्र पुगेका थिए ।
मंगलबार दरबार लगिएका अग्रवालले प्रहरी हिरासतमा बस्न पनि अस्वीकार गरेका थिए । उनले । अनि, सुलभ छाती समाउँदै कराउन थाले, ‘मरँ-मरेँ‘मलाई बचाउनुस् भन्दै कराएका थिए । उनले रोइ कराई गर्दै आफ्नो निजी डाक्टरलाई देखाउनुपर्ने माग गरेका थिए । उनले नर्भिक अस्पतालमा बस्न खोजेका थिए ।
सुलभको एकोहोरो रोई–कराई नथामिएपछि प्रहरीले उनलाई राति वीर अस्पताल लगिएको थियो त्यहाँ उनको मुटुको इसिजी, इको गरियो । सँगै, फोक्सो, कलेजो पनि जाच्ने काम भयो । तर, रक्तचाप सामान्य भन्दा अलिकति बढेकोबाहेक सबै रिपोर्ट नर्मल थियो ।
वीर अस्पतालका चिकित्सकले यदि कुनै समस्या आइहालेमा उनलाई खुवाउनु पर्ने औषधि लेखिदिए । र, करिव दुई सय रुपियाँको औषधिसहित उनी दरबारमार्ग प्रहरी बृत्तकै हिरासतमा लगेर राखिएको थियो ।