अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेनको संख्या एक लाख नाघ्यो


१४ जेष्ठ २०७७, बुधबार
ventilature2020 04 02 12 11 29

काठमाडौं १४ जेठ । अमेरिकामा कोरोना भाइरस महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको कारण एक लाख पाँच सय ७९ जनाको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

अमेरिकामा अहिलेसम्म १७ लाख २५ हजार दुइ सय ७५ जनामा सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये चार लाख ७९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् । ११ लाख ४४ हजार ७२७ जना उपचार गराइरहेकोमा १७ हजार भन्दा धेरै गम्भीर बिरामी छन् ।

२१३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वका तीन लाख ५२ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । ५६ लाख ८१ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा २४ लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७