रोजर फेडेरर बने सर्वाधिक रकम कमाउने खेलाडी, मेसी, रोनाल्डो र नेयमार परे पछि


१७ जेष्ठ २०७७, शनिबार
rojar federar

काठमाडौं । स्विस टेनिस खेलाडी रोजर फेडेरर वर्ष २०२० मा विश्वको धेरै रकम कमाउने खेलाडी बनेका छन् । उनले लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, नेयमारलाई पनि पछि पारेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको वर्षको हाइएस्ट पेड खेलाडीको सूचीमा फेडेरर शीर्ष स्थानमा रहेका छन् । उनले यो वर्ष ८६ मिलियन पाउण्ड कमाएको बताइएको छ । उनले यो रकम आफ्नो प्रायोजकबाट हात पारेका हुन् ।

उनीसँग १३ वटा विभिन्न ब्राण्डहरु प्रायोजकका रुपमा रहेका छन् । उनी हाल सक्रिय खेलाडीमा एक सय मिलियन डलर एकै वर्षमा प्रायोजकबाट कमाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि यो गल्फ खेलाडी टाइगर उड्सले गरेका थिए । दोस्रो स्थानमा रोनाल्डो रहेका छन् ।

कोरोनाका कारण युभेन्टसबाट आउने तीन दशमलव पाँच मिलियन पाउण्ड कटौती गर्न राजी भएका रोनाल्डोको प्रायोजक र इन्टाग्रामबाट नै राम्रो आम्दानी गर्छन् । उनले ८५ मिलियन पाउण्ड यो वर्ष कमाएका छन् । तेस्रो स्थानमा लियोनल मेस्सी रहेका छन् । उनले ८४ मिलियन पाउण्ड कमाएको बताइएको छ ।

उनीसँग पनि विश्वविख्यात कम्पनीहरु प्रायोजकका रुपमा रहेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले एक साताको सबै कटाएर दुई मिलियन पाउण्ड कमाउँछन् । यस्तै शिर्ष १० धेरै कमाउने खेलाडीको सूचीमा पाँचौ नम्वरमा नेयमार छन् । उनले यो वर्ष अहिलेसम्म ७७ मिलियन पाउण्ड हात पारेको उल्लेख गरिएको छ ।

उनले इन्टाग्राम पोष्टबाट मात्र वर्षमा ३३ मिलियन पाउण्ड कमाउँछन् । यस्तै बास्केटबल खेलाडी लिबोर्न जेम्सले ७१ मिलियन पाउण्ड, स्टेफन कुरीले ६० मिलियन पाउण्ड र केभिन डुरन्टले ५२ मिलियन पाउण्ड कमाइ गरेको फोब्र्सले बताएको छ ।

यो सूचीको सातौं नम्वरमा गल्फका टाइगर उड्स रहेका छन् । उनको कमाई ५० मिलियन पाउण्ड रहेको छ । अमेरिकी फुटबल खेलाडीद्वय किर्क कोसिन्स नवौं र कारसोन वेन्ट्ज १० स्थानमा रहेका छन् । किर्कवको ४९ मिलियन पाउण्ड र वेन्ट्जको ४८ मिलियन पाउण्ड कमाई गरेका छन् ।

खेलकुदमा टेनिस खेलाडी कमाईको मामलामा शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । यो वर्षको सुरुको पाँच महिना कुनैपनि खेलकुद गतिविधि नभएपनि उनीहरुले आफ्ना प्रायोजक, व्यवसाय वा सेयरबाट सो आम्दानी गरेका हुन् । यस्तै सोसियल मिडिया, फोटोग्राफी राइट्सबाट पनि रकम हात पारेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७