रकम नभएको बैंकको चेक दिएर साढे १६ लाख ठगी गर्ने महिला–पुरुष पक्राउ


२६ असार २०७७, शुक्रबार
9ee6b8ce2469851d55d9fdc0fe9f0574 w1000 h500 cp

काठमाडौं, २६ असार । प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई फरार व्यक्तिलाई पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसुरमा सजाय तोकेका उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शुक्रबार सूचना जारी गरी जनाएको छ ।

काठमाडौं ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौं कलङ्कीका मनोजलाल सिंह दुलाललाई शुक्रबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको गत १८ फागुनको फैसलाले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार जरिवाना हुने ठहर भएको छ । सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

यस्तै उच्च अदालत पाटनको १० माघको फैसलाले सात दिन कैद र १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

रकम नभएको बैंकको चेक दिएर ठगी गरेको पाइएको छ । उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७