त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


३० श्रावण २०७७, शुक्रबार
teaching hospital

काठमाडौं, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले शुक्रबार आएको रिपोर्टमा बिहान ४ र अहिले दिउँसो ४ जना गरी ८ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको जानकारी दिएका छन् । संक्रमितमा एक जना चिकित्सक र अरु सात जना नर्स रहेका छन् ।

योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ । दासका अनुसार अधिकांशमा कोरोनाका लक्षण रहेका छन् । जसमध्ये ४ जना जति होम आइसोलेसनमा बसेका छन् ।

बुधबार मात्रै आकस्मिक सेवा विभागका २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको थियो । आकस्मिक सेवा विभागका सय भन्दा स्वास्थकर्मीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ भने परीक्षणपश्चात मात्र आकस्मिक कक्ष खोल्ने डा. दासले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७