सीपीएलको ‘ड्राफ्ट’मा २ नेपाली क्रिकेटरको नाम
काठमाडौं, २२ असोज । कम्बोडियाको क्रिकेट एसोसियनले आयोजना गर्ने कम्बोडीयन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेट प्रतियोगितामा नेपालका २ खेलाडीले पनि खेल्ने भएका छन् ।
नेपालको तर्फबाट रूपन्देहीका विशाल भुसाल र अर्जुन पौडेलको नाम सार्वजनिक गरिएको छ । रूपन्देहीका स्थानीय खेलाडी विशाल रूपन्देही सुपर लिगमा खेल्ने खेलाडी हुन् ।
प्रतियोगिताको विदेशी खेलाडीको ड्राफ्टमा विभिन्न देशका १ सय ६४ खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
सूचीमा नेपाल, भारत, केन्या, यूएई, फिलिपिन्स, ओमान, म्यानमार, दक्षिण अफ्रिका, जिम्बाबे, श्रीलंका, पाकिस्तानलगायत अन्य देशका खेलाडीको नाम छ ।
आयोजकका अनुसार विदेशी खेलाडीको अन्तिम नामावली केही दिनभित्र सार्वजनिक गरिने छ ।
प्रतियोगिता कोरोना भाइरस ९कोभिड(१९०का कारण आगामी जनवरीबाट सुरु हुने बताइएको छ ।