गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित, ४७ जनाको मृत्यु


३० आश्विन २०७७, शुक्रबार
korona

पोखरा, ३० असोज । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको संख्या एक हजार ८२१ पुगेको छ ।

प्रदेशमा कूल सङ्क्रमितको संख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । सङ्क्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७