केएमसी अस्पतालको तेस्रो तलाबाट बिरामी युवक हामफालेपछि …


३ कार्तिक २०७७, सोमबार
kmc

काठमाडौं, ३ कार्तिक । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हामफालेर आत्महत्याको प्रयास गरेका छन् ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हमम्फालेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

खड्काको अवस्था गम्भीर छ । अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधि किन्न गएको बेला उनी हामफालेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७