संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य पराजित
अब डोरमणि प्रदेश ३ को मुख्यमन्त्री
काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्न भएको निर्वाचनमा एमाले उपाध्यक्ष तथा प्रदेश नम्बर तीनकी इन्चार्ज अष्टलक्ष्मी शाक्य पराजित भएकी छिन् । शाक्यलाई पराजित गर्दे डोरमणि पौडेल दलका नेता छानिएका छन् अब पौडेलाई मुख्यमन्त्रीको लागि बाटो खुलेको छ ।
शुक्रबार ललितपुरस्थित सिद्धिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनबाट ३४ मत ल्याएर पौडेल संसदीय दलको नेता चयन भएका हुन् । प्रतिद्वन्दी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याइन् । संसदीय दलको निर्वाचन गुटका आधारमा भएको हो । एमालेभित्रको गुटका आधारमा शाक्य माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।
पौडेललाई मुख्यमन्त्रीकै दाबी गर्दै आएका केशव स्थापितले प्रस्ताव गरेका थिए भने समर्थक कैलाश ढुंगेल थिए । त्यसैगरी शाक्यलाई पशुपति चौलागाईले प्रस्ताव गरेका थिए भने समर्थन राजेन्द्रमान श्रेष्ठले गरेका थिए ।