भरतपुरमा गैंडाकोटका कोरोना संक्रमितको मृत्यु


१२ कार्तिक २०७७, बुधबार
chitwan medical college S2LvOMUHAV

चितवन, १२ कार्तिक । कोरोना भाइरस संक्रमणबाट चितवनको गैंडाकोटका एक पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

अस्पतालमा गरिएको परीक्षणमा उनलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यी समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा बुधबारसम्म १६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७