राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई


२३ कार्तिक २०७७, आईतवार
oli bhandari 20200323095149 scaled

काठमाडौं, २३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छिन् ।

आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७