कांग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह


८ मंसिर २०७७, सोमबार
Prakashman singh congress nepoal leaders

काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् ।

सत्य साई बाबाको ९५औं अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उनले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, कांग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले भने । नेकपाभित्रको झगडामा कांग्रेसको कुनै सरोकार नरहने उनको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७