थप १,३८० जनामा कोरोना संक्रमण, ५१५ जना निको, १९ को मृत्यु


१३ मंसिर २०७७, शनिबार
korona

काठमाडौं, १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

आज देशभर ५१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ४५४ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७