नेकपा सचिवालय बैठक बस्दै, यस्तो छ ओली र प्रचण्ड–नेपाल समूहको तयारी


१६ मंसिर २०७७, मंगलवार
nekapa 1

काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पत्र युद्धले पार्टी नै विभाजनतिर गइरहेका बेला आज सचिवालय वैठक बस्न लागेको हो । आजको वैठकलाई निक्कै चासोका साथ हेरिएको छ । दुई अध्यक्षले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टी फुटको दस्तावेज समेत हुन सक्ने र्चा चलिरहेका बेला अब नेकपाको यात्रा कसरी अगाडि बढ्ला भन्ने अन्योले देखिएको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव बैठकमा पेश गरेसँगै नेकपामा तरंग पैदा भएको थियो । दाहालको प्रस्तावमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले एकलौटी ढंगबाट सरकार र पार्टी चलाउन खोजेको र विगतमा आफूसँग भएका सहमति विपरीत अघि बढेकोलगायतका आरोप लगााएका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले यही मंसिर १३ गतेको बैठकमा दाहालको प्रश्नको जवाफसहित अर्को प्रस्ताव पेश गरेका थिए । ओलीको प्रस्तावमा गत निर्वाचनको मत परीणाम र जनअपेक्षा र पार्टी एकीकरणको अंक गणित विपरीत दाहाल बढी महत्वाकांक्षी भएकोलगायतका आरोप लगााएका छन् ।

दुवै अध्यक्षले एकअर्कालाई आरोप प्रत्यारोप लगाएसँगै नेकपाको आगामी रणनीतिबारे अन्योलता बढेको छ । आजको बैठकमा दुवै प्रतिवेदनमाथिको छलफलसँगै नेकपा निर्णायक मोडमा पुग्ने जनाइएको छ ।

दुवै अध्यक्षका आरोप प्रत्यारोप लिखित रुपमै सचिवालय बैठकमा पेश भएसँगै समस्या समाधानका लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

दाहालले प्रस्ताव पेश गरेसँगै तथ्यहीन आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्न दवाव दिँदै दाहालसँग विभिन्न नेताहरुमार्फत दवाव दिएका थिए । तर दाहालले सो प्रस्ताव छलफल हुनैपर्ने भएकाले फिर्ता नहुने अडान लिएपछि प्रधानमन्त्री ओलीले जवाफी प्रस्ताव ल्याएका हुन् ।

तर आज बस्ने बैठकले विवाद समाधनका लागि दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर गत भदौ २६ गतेको निर्णअनुसार नै अघि बढ्न दवाव दिएको अध्यक्षद्वयका निकट नेताहरुले बताएका छन् ।
कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोपपत्र मान्दै त्यसको जवाफ पेस गरेको र दाहाल पक्षले त्यही प्रतिवेदनलाई सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर पास गराउने योजना बनाएपछि लडाई वारपार हुने अवस्थामा पुगेको हो ।

अध्यक्ष ओली दाहालको प्रतिवेदन फिर्ता होस् भन्ने चाहन्छन् भने प्रचण्ड सबै कमिटीमा लगेर पास गराउने खेलमा हुन् । त्यसकारण दुवै पक्षले लडाईलाई वारपार गर्नेगरी आ–आफ्नो सर्कलमा क्रियाप्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७