रुसका एक लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप


१९ मंसिर २०७७, शुक्रबार
korona

काठमाडौं, १९ मंसिर । रुसमा एक लाख बढी नागरिकले आफ्नै देशमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गएको अगष्ट ११ मा नै रुसले खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड–१९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिङ्क पनि संयुक्त राष्ट्रसङ्घलाई दिइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो । रुसमा २३ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७