इजरायलले आउँदो महिनादेखि नेपालबाट ‘केयर गिभर’ लैजाने


२३ मंसिर २०७७, मंगलवार
isreal

काठमाडौं, २३ मंसिर । इजरायलले आउँदो महिनादेखि नेपालबाट केयर गिभर (हेरचाह कामदार) लैजाने प्रक्रिया शुरु गर्ने भएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले आगामी महिनादेखि केयर गिभरका लागि कामदार लैजाने प्रक्रिया शुरु गर्ने जानकारी दिएका हुन् ।

नेपालबाट इजरायलको नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र लागयतमा नेपाली केयर गिभर लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भइसकेको छ ।

सम्झौतापत्रमा असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौतालाई कार्यान्वयन गर्दै आगामी महिना देखि कामदार छनौटको प्रक्रिया शुरु गरिने राजदूत गोडरले बताए ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै संख्यामा कामदारहरु जान सक्ने पनि राजदूत गोडरले जानकारी गराएका छन् । सम्झौता अनुसार सरकारी तवरबाट नेपाली श्रमिक कामका लागि इजरायल जाने छन् । यस्तै नेपली श्रमिकले इजरायली नागरिक सरहको सेवा सुविधा र संरक्षण समेत पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७