टर्कीले पनि भित्र्यायो कोरोनाविरुद्धको खोप, केही दिनमै लगाउन थालिने


१६ पुष २०७७, बिहीबार
khop 2

काठमाडौं, १६ पुस । टर्कीले चीनमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप भित्र्याएको छ ।
चीनले विकास गरेको खोप बाँकी विश्वले कहिले पाउँछ भन्ने चासो बढिरहेको बेला टर्कीले सिनोभ्याक खोपको ३० लाख मात्रा भित्र्याएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आधारभूत प्रक्रिया पूरा गरेपछि खोप आम नागरिकलाई लगाइदिने योजना रहेको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै नागरिकले पाउने जानकारी दिएका छन् ।

सिंगापुरले हिजोबाट आफ्नो देशमा कोरोनाविरुद्धको खोप लगाउन शुरु गरेको छ भने बेलायत, अमेरिकालगायतका देशहरुले यसअघि नै कोरोना खोप लगाउन शुरु गरिसकेका छन् । खोप लगाउने अभियान तीव्र बन्दै गर्दा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम भने उस्तै छ । गएको २४ घण्टामा विश्वमा छ लाख ७० हजार पाँच सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या आठ करोड २९ लाख ९६ हजार भन्दा धेरै भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १३ हजार नौ सयभन्दा धेरैको ज्यान गएसँगै विश्वका १८ लाख १० हजारभन्दा धेरैको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ । कोरोना सङ्क्रमण भएकामध्ये पाँच करोड ८८ लाखभन्दा धेरै निको भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७