हिमालय एयरलाइन्स परीक्षण उडानका लागि ल्हासा प्रस्थान


६ माघ २०७७, मंगलवार
himalayan

काठमाडौं, ६ माघ । हिमालय एयरलाइन्स परीक्षण उडानका रुपमा मंगलबार ल्हासातर्फ प्रस्थान गरेको छ । चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा नियमित उडान शुरु गर्ने हिमालय कम्पनीले जनाएको छ ।

मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ ।

परीक्षण उडान एच ९ ९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१७ बजे ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे अवतरण भएको कम्पनीले जनाएको छ ।

परीक्षण उडानका लागि ल्हासा पुगेको हिमालय एअरलाइन्स मंगलबार दिउासो काठमाडौं फर्किने छ । एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालकदलको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७