सिरियामा कार बम बिष्फोट : १२ जनाको मृत्यु, २९ बढी घाइते


१९ माघ २०७७, सोमबार
bam bisfot

काठमाडौं, १९ माघ । उत्तरपश्चिम सिरियामा कार बम बिष्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । श्रृंखलावद्ध रुपमा भएका बिष्फोटमा परेर कम्तिमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा विष्फोट भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । सिरियाको समर्थमा रहेको सो विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । गघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा १ दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको बताइएको छ ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको उल्लेख गरेको छ । सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७