सइको बढुवा जाम : प्रहरी नियमावली संशोधनको तयारी

असइलाई नासुुुुसरह सुविधाको मागसहित रिट दर्ता


५ फाल्गुन २०७७, बुधबार
police head

काठमाडौं, ५ फागुन । नेपाल प्रहरीका नायब निरीक्षक (सइ) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवामा समस्या भएपछि प्रहरी नियमावली संशोधन प्रक्रिया अघि बढाइएको छ । रिक्तमध्ये ६० प्रतिशत पद बढुवाबाट पूर्ति गर्ने प्रस्तावसहित नियमावली संशोधन प्रस्ताव अघि बढेको छ ।

प्रहरी प्रधान कार्यालयले यससम्बन्धी प्रस्ताव गृह मन्त्रालय पठाइसकेको छ । हाल रिक्त पदमध्ये ४० प्रतिशतमा बढुवा र ६० प्रतिशतमा खुला प्रतिस्पर्धाबाट भर्ना लिने गरिएको छ । यसले प्रहरीका जुनियर अधिकृतको बढुवा जाममा परेको छ । सोही कारण यसलाई संशोधन गर्न लागिएको हो । गृह मन्त्रालयले लोकसेवा आयोगको राय लिएर नियमावली संशोधन प्रक्रिया अघि बढाउन लागेको हो ।

नेपाल प्रहरीमा पाँच वर्षअघि रिक्त पदमध्ये ६० प्रतिशत बढुवाबाट तथा ४० प्रतिशत भर्नाबाट पदपूर्ति गर्ने प्रावधान थियो । इन्सपेक्टरमा धेरै युवा भर्ना गर्ने उद्देश्यले नियमावली संशोधन भएपछि अहिले समस्या भएको हो । नेपाल प्रहरीमा हाल इन्सपेक्टरका एक सय पद रिक्त छन् ।

जसमा २०६३ सम्मका मात्र तीन सय १३ जना सइ प्रतिस्पर्धामा छन् । अहिले ४० जना बढुवा हुँदा सबैको बढुवा हुन अझै चार–पाँच वर्ष लाग्ने देखिन्छ । आगामी वर्षमा सइहरू एउटै पदमा २० वर्षसम्म रहने समस्या देखिएपछि नियमावली संशोधन गर्न लागिएको हो । सइबाट इन्सपेक्टर बढुवामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

नियमावली संशोधन नै भए पनि समस्या समाधान भने हुँदैन । तीन सयजना प्रतिस्पर्धी रहेकोमा ४० जनाको ठाउँमा ६० जनाको बढुवा हुनेछ । समस्या समाधान गर्न सइ र इन्सपेक्टरको बीचमा नयाँ पद सिर्जना गर्नुपर्नेबारे बहस हुँदै आएको छ । विगतमा करिअर प्लानिङअनुसार पद थपघट र भर्ना नहुँदा केही पदमा समस्या भएको हो । जवानबाट हबल्दार बढुवामा पनि १५ वर्षसम्म लाग्ने गरेको छ । भर्ना भएको १५ वर्षसम्म बढुवा नहुने समस्याले प्रहरीको मनोबल खस्किएको छ ।

उता, सशस्त्र प्रहरीमा भने इन्सपेक्टरबाट डिएसपी र डिएसपीबाट एसपीको बढुवामा हाल जाम देखिएको छ । यो समस्या समाधान गर्न पटक–पटक समिति बनाएर प्रतिवेदन दिए पनि त्यसलाई कान्र्यान्वयन गरिएको छैन ।

असइलाई नासुुुुसरह सुविधाको मागसहित रिट दर्ता
प्रहरीका सहायक निरीक्षक (असइ)लाई राज्यले सेवा–सुविधा तथा मर्यादामा विभेद गरिएको भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अवकाशप्राप्त एसएसपी डा. गणेश रेग्मीले रिट दायर गरेका हुन् । पूर्वएसएसपी डा. रेग्मीले यो विभेदमा अन्तरिम आदेशको मागसहित रिट दायर गरेका हुन् । आइतबार दर्ता भएको रिटमा बुधबार सुनुवाइ हुँदैछ ।

प्रहरीको असइ भर्नामा न्यूनतम शैक्षिक योग्यता १२ कक्षा तोकिएको छ । तर, उनीहरूले सुविधा भने खरिदारसरहको मात्र पाउँछन् । निजामती सेवामा खरिदार पदका लागि एसएसलीसरहको न्यूनतम सुविधा तोकिएको छ । नेपाली सेनामा १२ कक्षा पास भएका सेकेन्ड लेफ्टिनेन्ट पदमा भर्ना हुन्छन् । प्रहरीमा असइको सुविधा र मर्यादा नासुसरह बनाउन माग गरी रिट दायर भएको हो । यस्तो विभेदबारे प्रहरीमा पनि छलफल भए पनि सुधारका लागि पहल हुन सकेन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७