ह्वातै बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?
काठमाडौं, ११ फागुन । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ ह्वातै बढेको छ । आज बजारमा सुनको मूल्य तोलामा ११ सयले बढेको छ । सोमबारको तुलनामा सुनको मूल्यमा एक हजार एक सय बढी भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९० हजार एक सयमा कारोबार भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएकोमा मंगलबारका लागि ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन समेत तोलामा एक हजार एक सयले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी मंगलबार एक हजार ३६० रुपैयाँ भएको छ ।