अम्बानीको घरअघि विस्फोटक पदार्थसहित भेटिएको कारका मालिक मृत फेला, घटना रहस्यमय


२३ फाल्गुन २०७७, आईतवार
28b7306a78dc29d398cf0d7afb21a1e8 w1000 h500 cp

नयाँदिल्ली, २३ फागुन । भारतीय खर्बपति मुकेश अम्बानीको घर अगाडि विस्फोटक पदार्थसहित भेटिएको कारका मालिक मृत भेटिएका छन् । व्यापारी मनसुख हिरनको कार चोरी गरी अपरिचित समूह जैस–उल–हिन्दले अम्बानीको घर अगाडि उक्त विस्फोटक पदार्थ राखेका थिए ।

गाडीमा एउटा चेतावनी पत्र पनि भेटिएको थियो । पत्रमा अम्बानीको परिवारलाई नै बम पड्काएर हत्या गर्ने बताइएको थियो । जैस–उल–हिन्दले अम्बानीसँग डिजिटल मुद्रामार्फत पैसाको माग गरेको थियो । सो घटनासँगै हाल यो आतंक मच्चाउने समूहको बारेमा भारतमा बृहत अनुसन्धान सुरुवात भएको छ । अम्बानीको परिवारलाई हाल विशेष सुरक्षा प्रदान गरिएको छ ।

अम्बानीलाई ज्यान मार्ने धम्की दिएपछि र यतिबेला कार मालिक मनसुख हिरन मृत भेटिएसँगै जैस–उल–हिन्द समूहको त्रास झनै बढेर गएको छ । यो घटना झनै रहस्यमयी बन्दै गएको छ । मनसुखको शरीरमा कुनै पनि किसिमको चोट नदेखिएको प्रहरीले बताएका छन् ।

उनको मृत्यु कसरी भयो भनेर पोस्टमार्टम रिपोर्टले थप बनाउने जनाइएको छ । मनसुखको शव एउटा नदीको ५० देखि ६० मिटर तल बरामद गरिएको हो । प्रहरीले यस घटनामा जैस–उल–हिन्द समूहको पाटोबाट पनि अध्ययन गरिरहेको छ । बीबीसी हिन्दी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७