संजोक राई पछि विशाल राईको गोल, पहिलाे हाफमा २–०काे अग्रता


१६ चैत्र २०७७, सोमबार
b 3

काठमाडौं १५, चैत । थ्री नेसन्स कपको जारी फाइनल खेलमा नेपालका लागि संजोक राई पछि विशाल राईले अर्को गोल गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा उनीहरुको गोलसँगै पहिलो हाफमा नेपालले बंगलादेश विरुद्ध २–० ले अग्रता लिएको छ ।
पहिलो हाफमा नेपालले भएको खेलमा घरेलु टोली नेपालले सन्जोक राई र विशाल राईको गोल मद्दतमा नेपालले २–० को अग्रता बनाएको हो ।

खेलको १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । डेब्यु प्रतियोगितामै उनले गोल गर्न सफल भएका हुन् ।

यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७