उपाधि होड बलियो बनाउँदै म्यानचेस्टर सिटी, आर्सनल शीर्ष स्थानमा कायमै


१७ बैशाख २०८१, सोमबार
city dA9fR79rEe

काठमाडौं । इङलिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले जित निकालेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गरेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक–एक गोल गरे ।

३२ औं मिनेटमा ग्भार्डियोलले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ग्वार्डियोलले केभिन डी ब्र्युनको कर्नरमा हेडर मार्फत गोल गर्दै उनले आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । सिटीले दोस्रो गोल गर्न ७१ औं मिनेटसम्म कुर्नुपरेको थियो । हालान्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाउन डी ब्र्युनबाट पास प्राप्त गर्दै फरेस्ट डिफेन्सलाई बिट गर्दै अग्रता दिब्बर बनाएका थिए ।

जितसँगै सिटी ३४ खेलबाट ७९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । त्यसयसअघि आफ्नो प्रतिद्वन्द्वी टोटनह्यामलाई ३–२ ले हराएको आर्सनल ३५ खेलबाट ८० अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलले ३५ खेलबाट ७५ अंक जोडेको छ । फरेस्ट ३५ खेलबाट २६ अंकसहित १७ औं स्थानमा छ । गए राति नै भएको अर्को खेलमा बर्नेमाउथले ब्राइटनलाई ३–० ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७