एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ


२२ चैत्र २०७७, आईतवार
Sudesh Khaling

काठमाडौं, २२ चैत । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुदेश खालिङ नियुक्त भएका छन्।

संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। खालिङले यसअघि लक्ष्मी बैंकमा सिइओको जिम्मेवारी सम्हालिसकेका छन्।

बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत स्वामित्व रहेकाले यसअघिसम्म भारतीय नागरिकले नै सिइओका रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। हालका सिइओ गजेन्द्रकुमार नेगीलाई बीचमै जिम्मेवारी मुक्त गरेर संचालक समितिले खालिङलाई नियुक्त गरेको हो।

उनको नियुक्ति भए पनि कार्यभार कहिलेबाट सम्हाल्ने भन्नेबारे निश्चित भइसकेको छैन। एक बैंकमा सिइओको एक कार्यकाल ४ वर्षसम्मको रहने गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७