हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने ओलीले अहिले भारतसामु त्वम् शरणम् गरिसके : देउवा


६ बैशाख २०७८, सोमबार
deuwa

काठमाडौं, ६ बैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा परिसकेको बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने ओलीले अहिले भारतको त्वम् शरणम् गरिसकेको आरोप लगाए । ‘हिजो सबैभन्दा राष्ट्रवादी हुँ भन्ने ओली अहिले इण्डियासामु त्वम् शरणम् भएका छन्’ उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’

देउवाले कम्युनिष्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि बताएका छन् । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिष्ट हुन्’ उनले भने । देउवाले अहिले पनि आफ्नो नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति बनिनसकेको बताए । उनले आफूले परिस्थिति हेरिरहेको बताउँदै भने, ‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’ देउवाले भने ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन नसक्ने पनि देउवाले बताए । ‘प्रचण्डले समर्थन फिर्ता लिएका छैनन्, प्रचण्डले समर्थन फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेसी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७