आफैविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने चार जनालाई मुख्यमन्त्री पोखरेलले बनाए मन्त्री


६ बैशाख २०७८, सोमबार
pr

बुटवल, ६ बैसाख । लुम्बिनी प्रदेश सरकार थपिएका चार मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
मन्त्रीको सपथ लिनेमा विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मानाथ यादवले पद तथा गोपनीयताको सपथ गराए ।

सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादव भूमि व्यवस्था तथा कृषी तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक, र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार र विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रस्तावमा हस्ताक्षर गर्ने ३ जनासहित जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७