अफगानिस्तानमा विद्यालय नजिकै शक्तिशाली विष्फोट, ३० जना मारिए


२६ बैशाख २०७८, आईतवार
blast sOjqRkpyFN

काठमाडौं, २६ बैसाख । अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको शक्तिशाली विष्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौं घाइते भएका छन् ।

राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विष्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विष्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्बर ११ मा अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा हिंसाका घटनाहरु बढिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७