नेप्से हालसम्मकै उच्च, २० अर्ब बराबरको कारोबार


३० जेष्ठ २०७८, आईतवार
share

काठमाडौं, ३० जेठ । नेप्से परिसूचक आज (आइतबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।

गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो । सेयर कारोबार रकमले आज नयाँ कीर्तिमान बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको सेयर किनबेच भएको हो ।

आज वित्त, विकास बैङ्क र जलविद्युत समूहको परिसूचकमा उछाल आएको छ । शेयर संख्या र कारोबार संख्याका आधारमा नेशनल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाइटेड आईडीआई मर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७