नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा, भोजपुरमा राजकुमार राई (सूचीसहित)
काठमाडौं, ८ असार । प्रहरी प्रधान कार्यालयले ५७ जना डीएसपीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो ।
प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा अमर बहादुर थापा क्षेत्री, भोजपुरमा राजकुमार राई, खोटाङमा उमेश लम्साल, लमजुङमा कृष्ण बहादुर कार्की सरुवा भएका छन् ।
हेर्नुहोस् को कहाँ भए सरूवा ?
यसअघि नेपाल प्रहरी कार्यलयले ५२ प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरेको थियो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको थियो । सरुवाको सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा रमेश थापा सरुवा भएका छन् । दानबहादुर कार्यालय कपिलवस्तु, श्यामकृष्ण अधिकारी बाँकेमा सरुवा भएका छन् ।
एसपीकाे सरूवा सुची ?